January 22, 2025, 6:57 am
» ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो

मधेसका पत्रकार चुनावमा व्यस्त

मंसिर २७, २०८१ मा प्रकाशित | २०४०दर्शक तीव्रखबर

महोत्तरी, । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ ।

महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।

मधेस प्रदेशमा केही स्वतन्त्रसहित तीन समूह चुनावी प्रतिस्पर्धामा  छन् । वर्तमान प्रदेश महासचिव पर्साका श्याम वञ्जारा, सप्तरीका अवधेश झा र धनुषाका नवलकिशोर यादवसहित तीन समूह चुनावी मैदानमा छन् ।

यीमध्ये वञ्जारा नेतृत्वको समूह नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपालको गठबन्धनको हो । यसैगरी झालाई प्रेस सेन्टर नेपाल, नेपाल प्रेस मञ्च र समाजवादी प्रेस सङ्गठन समर्थन छ ।

यद्यपि उम्मेदवार यादवले आफ्नो समूहलाई स्वतन्त्र दाबी गर्नुभएको छ । मधेशका आठ जिल्लामा महासङ्घका ७७२ सदस्य छन् । यी सदस्यमध्येका मतदातालाई मनाउन उम्मेदवारहरुको घरदैलो सकिएको छैन ।

यो निर्वाचनमा पत्रकारका सङ्गठनहरुले अघिल्लो चुनावभन्दा फरक गठबन्धन गरेका छन् ।

नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपाल एउटा गठबन्धनमा छन् भने प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालसहितका सङ्गठनले अर्को गठबन्धन गरेका छन् । केन्द्रदेखि जिल्लासम्म यो गठबन्धनको प्रभाव देखिएको छ ।

 

प्रतिक्रिया