September 19, 2024, 9:48 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

दुई महिने शिशुलाई विष खुवाएर हत्या, शिशुकी आमा पक्राउ

साउन ६, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

रोएर दिक्क बनाएको भन्दै दुई महिने शिशुलाई विष खुवाएर हत्या गरेको आरोपमा शिशुकी आमा पक्राउ परेकी छिन्।

प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको स्विकारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीसमक्षको बयानमा आरोपित राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए।

असार ३१ मा  बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशुको शव फेला परेको थियो।  अनुसन्धानमा शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा रहेको खुलेपछि दीपकुमारी पक्राउ परेकी थिइन्। उनले बयानमा जन्मेदेखि रोई मात्र राख्ने र दिक्क लगाएकाले हत्या गरेको खुलाएको प्रहरीको दाबी छ।

प्रतिक्रिया