November 21, 2024, 10:20 am
» नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय » ३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ? » भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : ‘हिसाबकिताब गुपचुप’ !

मंसिर ५, २०८१ मा प्रकाशित | १५५०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा
काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनले कात्तिक २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा गरेको यज्ञको हिसाबकिताब गुपचुप राखेर अनियमितता गरिएको छ ।

यज्ञ सकिएको १० दिन बितिसक्दा पनि फाउन्डेसनले कति कर्ताबाट कति रकम उठ्यो भन्ने तथ्य सार्वजनिक गरेको छैन । फाउन्डेसनले स्थापनाकालदेखि नै महर्षि महेश योगीका विदेशी भक्तबाट सहयोग ल्याई अध्यक्ष दीपकप्रकाश बास्कोटाका परिवारले अनियमितता गर्दै आएका छन् ।

फाउन्डेसनले गर्दै आएकाे गैरकानुनी कार्यका विषयमा जानकारी भएका अधिकांस संस्था स्थापनाकालदेखिका ध्यान शिक्षक र कर्मचारीलाई सेवाबाट निकालेर बास्कोटा परिवार हाबी भएकाे स्राेतले उल्लेख गरेकाे छ ।

फाउन्डेसन स्थापनाको अप्ठ्यारो अवस्थामा साथ दिने ध्यान शिक्षकलाई सेवाबाट निकालेर बास्कोटा परिवार हावी हुन थालेको छ ।

फाउन्डेसन ध्यानीहरुको संस्था भनिएपनि बास्कोटा परिवारले ध्यान शिक्षकलाई ‘नोमिनेट’ गरी परिवारवाद लादेका छन् । यसपटकको यज्ञमा उठेको पैसा पनि बास्कोटा परिवारका सदस्यले अपचलन गरेको फाउन्डेसनका एक कर्मचारीले नाम नछाप्ने शर्तमा तीव्रखबरलाई जानकारी दिए ।

महायज्ञबाट उठेको रकमका बारेमा अध्यक्ष बास्कोटालाई जिज्ञासा राख्दा केही दिनमा सबै थाहा हुने दावी गरे । फाउन्डेसनलाई समाज कल्याण परिषद्ले हेर्ने भएकाले अरुले यस विषयमा खोज्नु पर्दैन भनी उनले प्रतिक्रिया दिन इन्कार गरे । फाउन्डेसनबाट भएका सबै कामको अडिट गरी देखाउने उनको दावी छ । वैदिक सनातन धर्मलाई संरक्षणका लागि यज्ञ गरेको अध्यक्ष बास्कोटाको भनाइ छ ।

फाउन्डेसनका बारेमा थप जानकारी लिन तीव्रखबर अनलाइनका प्रधान सम्पादक मनोज खतिवडाले त्यस संस्थाका सूचना अधिकारीलाई सम्बोधन गरी सूचना माग गरिएको छ । पाठकलाई फाउन्डेसनका गतिविधि जानकारी गराउने उद्देश्यले नै सूचना माग गरिएको हो । सूचना पाउने प्रक्रियामा अघि बढ्ने पनि प्रधान सम्पादक खतिवडाले जानकारी गराए ।

यो पनि पढ्नुहोस्

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन

प्रतिक्रिया