January 11, 2025, 6:53 pm
» अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द » कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते » मलद्वारमा लुकाएर ल्याइएको सुनसहित तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ » गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ » बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

मंसिर ६, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

खजुरा (बाँके),

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ ।मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताउनुभयो । उहाँका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको छ ।

उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुन लागेको हो । उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी १७ मार्च २०२३ मा सम्झौता गरेको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित रु १० करोड ११ लाख ५२ हजार ४९४ मा ठेक्का सम्झौता भएको इञ्जिनीयर शर्माले बताउनुभयो ।

नेपालगञ्जमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि ऐतिहसिक हनुमानको मूर्ति बनाउन थालिएको हो । भारतको अयोध्यामा राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै आयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

उहाँले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गर्दै अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा यो मूर्ति कोशेढुङ्गा सावित हुने बताउनुभयो । रासस

प्रतिक्रिया