February 23, 2025, 10:15 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

पुस २७, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

मनहरी- मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किँदा दुर्घटना भएको थियो ।

कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए।  स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया