January 22, 2025, 9:51 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

बाह्रबिसे र भोटेकोशी पालिकाविरुद्ध ‘मनखुसी’ खर्च गरेको भन्दै अख्तियारमा उजुरी

मंसिर ४, २०८१ मा प्रकाशित | ३२६०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा

काठमाडौं । स्थानिय तह संचालन निर्देशिका तथा संचालनविधीलाई नै मिचेर आफुखुसी रकम निकासा गर्दै वितरण गरेको भन्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकाशी गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

प्राप्त समाचार अनुसार सुशासन अभियानले मिति २०८१ मंसिर २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो । उक्त उजुरीमा भनिएको छ – ‘भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाले गत अशोजमा गएको बाढीपहिरो पीडितलाई सहयोग गर्ने नाममा भोटेकाशी गाउँपालिकाले ३० र बाह्रबिसेले २० लाख रकम विनियोजन गरि काभ्रेको स्थानिय तहलाई हस्तान्तरण नगरी सिधै कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको हातमा रकम उपलब्ध गराई वितरण गरेको छ ।’

उक्त उजरीमा अगाडि भनिएको छ – ‘एकातिर यसरी स्थानिय निकायले रकम सिधै व्यक्तिको हातमा उपलब्ध गराई वितरण गर्ने पद्यति सुशासन विपरित छ, भने अर्कातिर स्थानीय तहले पीडित स्थानिय तहलाई नै उपलब्ध गराउनु पर्ने प्रावधान समेत मिचेकाले उक्त रकम कहाँ र कसका माध्यमबाट के कसरी खर्च गरियो वा दुरुपयोग कसरी गरियो भन्ने स्थानिय तहबाटै विवरण झिकाई छानविन गरी आवश्यक कारवाहीका लागि सविनय अनुरोध गरिन्छ ।’

यसै विषयमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्पु शेर्पासंग प्रतिकृया लिँदा उनी भन्छन् – ‘३० लाख होइन, ११ लाख पचास हजार मात्र हो, हामीले बाढी पीडित सम्बन्धित व्यक्तिको हातमा दिएका हौं ।’ तथापि, यसरी रकम वितरण गर्दा अनियमितता हुने गरेको र सम्बन्धित व्यक्तिको हातमा सबै रकम नपुग्ने गरेको तर्क स्थानियहरुको छ ।

अनियमितताको सवालमा जिल्लाकै नम्बर एक अनियमितता हुने नगरपालिकाको रुपमा विवादास्पद रही चर्चामा रहेको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतलाई सोही विषयमा प्रतिकृया लिन उनको मोवाइल नम्बरमा पटक-पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यो पनि पढनुहोस्

बाह्रबिसे नगरपालिका बन्यो : जिल्लाकै ‘नम्बर वान’ अनियमितताको अखडा

प्रतिक्रिया