December 4, 2024, 8:38 am
» जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक » चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते » लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष » चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन » मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख

मंसिर ४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

बिर्तामोड– सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् ।

आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंगलबार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षणमा पुगेका सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकासमा सोझै परेको बताए ।

तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’ उनले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भने, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्को सभामुखको रुपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने सभामुखको भनाइ छ ।

मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ,’ उनले भने, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरै भन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’

सभामुख घिमिरे चार दिनको कार्यक्रम बनाएर आइतबार बिर्तामोड आएका थिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौंपुगेर सोही दिन साँझ पुनः झापा आएका थिए ।

आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकनमा निस्कनुभएका घिमिरेले सोमबार निर्माण तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गरेका थिए ।

सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौंफर्कने कार्यक्रम छ ।

प्रतिक्रिया