November 5, 2024, 2:45 pm
» पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार » प्रदेश सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय » प्रधानमन्त्री केपी ओली बिरामी » इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ » गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन

कार्तिक २०, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

पवित्रमणी शर्मा

काठमाडौँ । विश्व कल्याणका लागि भन्दै कात्तिक २१ गतेदेखि भृकुटीमण्डपमा यज्ञको आयोजना गरेको नेपाल महर्षि वैदिक फाउन्डेसनका नाममा एउटा परिवारका सदस्यले करोडौँ अपचलन गरेको रहस्य खुलेको छ ।

करिब दुई दशकअघिदेखि नेपाली कांग्रेसको राजनीतिसँगै फाउन्डेसन खोलेर विदेशीको सहयोग लिँदै आएका पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाका परिवारले करोडौँ अपचलन गरेको तथ्य तीव्रखबरले प्राप्त गरेको छ । पूर्व गृह राज्यमन्त्री बास्कोटाले राम्रो सोचले काम गर्न खोजेपनि उनका छोरी ज्वाइँको समूहले भने फाउन्डेसनका नाममा लूट मच्चाएको नाम नबताउने शर्तमा पुराना एक ध्यान शिक्षकले आरोप लगाएका छन् । संस्थाले भावातीत ध्यान सहित सिद्धि कार्यक्रमको पनि आयोजना गर्ने गरेको छ ।

फाउन्डेसनका नाममा आउने पैसाले बास्कोटाका छोरीहरु सबैले राजधानीमा महल ठड्याएका छन् । फाउन्डेसनमा पनि आर्थिक पारदर्शिता छैन । विवेकशील साझा पार्टीकी नेतासमेत रहेकी समीक्षा बास्कोटा र अर्की छोरी ताराका श्रीमान् डिल्लीराम अधिकारीले फाउन्डेसनकै नाममा राजधानीमा करोडौँका महल ठड्याएका हुन्, स्रोत भन्छ ।

बास्कोटा परिवारले एकै प्रकृतिका तीनवटा संस्था खोलेका छन् । जसका माध्यमबाट अरबौँ डलर नेपाल भित्रिएको छ । फाउन्डेसन, नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चर, नेपाल महर्षि वैदिक इन्ष्टिच्युटलगायत संस्था खोलेर नेपालमा डलर भित्र्याएर बास्कोटा परिवारले अपचलन गरेको हो । पूर्व गृहराज्यमन्त्री बास्कोटाले नेपालमा वैदिक अभियान चलाउने भनी राम्रो काम सुरु गरेपनि उनका छोरी ज्वाइँले त्यसलाई कमाउ धन्दाका रुपमा अघि बढाएको आरोप स्रोतको छ ।

छोरी, ज्वाइँकै दबाबमा बास्कोटा फाउन्डेसनबाट पुराना ध्यान शिक्षक र कर्मचारीलाई हटाउन बाध्य भएका थिए । बास्कोटालाई अप्ठ्यारो अवस्थादेखि साथ दिएका ध्यान शिक्षक र कर्मचारीलाई ज्वाइँ अधिकारी र छोरी समीक्षाकै सिफारिसमा निकालेर संस्थालाई पारिवारिक क्लबका रुपमा स्थापित गरिएको दावी स्रोतको छ ।

भारत हुँदै विश्वमै चर्चामा रहेका महर्षि महेश योगीका नाममा संस्था खुलेको हो । नेपालमा उनै महर्षि महेश योगीका अमेरिका र युरोपका शिष्यले सहयोग गर्दै आएका छन् । त्यही सहयोगलाई बास्कोटाका छोरी, ज्वाइँले लुटी खाने माध्यम बनाएका छन् । विदेशबाट आउने सहयोगको संयोजन अमेरिकी नागरिक राजा किङ्स्ली ब्रुक्स भन्नेले गर्छन् । उनी वर्षमा नौ महिना जति नेपालमै बस्ने गर्छन् । लुटको पैसाबाट ब्रुक्सले परिवारले पनि ठूलो हिस्सा पाउने गरेको छ । उनकी श्रीमती लेस्ली ब्रुक्स पनि वर्षमा नौ महिना जति नेपालमै रहन्छिन् । बास्कोटा परिवार र ब्रुक्स परिवार मिलेर महर्षिको अन्तर्राष्ट्रिय संस्थालाई प्रभावमा पारी लूट मच्चाउँदै आएको समाचार स्रोतले आरोप छ ।

करिब एक दशकअघिदेखि नेपालका १०० हाराहारी गुरुकुललाई सहयोग गर्ने नाममा यो समूहले करोडौँको लूट मच्चाएको हो । भोलिदेखि आयोजना गरिएको महायज्ञ पनि त्यसैको एउटा रुप भएको जनाइएको छ । फाउन्डेसनलाई पारिवारीक प्रा.लि.को रुपमा संचालन गरेको सम्बन्धमा फाउन्डेसनका अध्यक्षसमेत रहेका पूर्व गृह राज्यमन्त्री बास्कोटासँग सम्पर्क गर्दा उनी भन्छन् – ‘अभियानमा परिवारले साथ दिए त्यहि भएर पारिवारलाई साथमा लिएर हिडेको हुँ ।’ यसैगरि उनको छोरी–ज्वाईको अकुत सम्पत्तिका विषयमा जिज्ञासा लिँदा कानुनी उपचारको चुनौती दिए । थप विषयका बारेमा प्रतिकृया दिन चाहेनन् अन्तिममा उनले भने – ‘म अन्ध्यारोमा बत्ती बालेर उज्यालो खोज्ने मान्छे हुँ, महर्षिले त्यहि सिकाएको छ, कसले त्यो समाचार लेख्यो त्यो मलाई थाहा भैसकेको छ, मलाई यो भन्दा बेसी नसोध्नु है ।’

प्रतिक्रिया