December 4, 2024, 8:19 am
» जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक » चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते » लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष » चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन » मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

चोटका कारण करण र भीम मैदान बाहिर, स्कटल्यान्डविरुद्ध देव र सागरले खेल्ने

कार्तिक १९, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं : अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले आज स्कटल्यान्डसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ। आइसीसी लिग २ अन्तर्गत नेपालले अमेरिका भ्रमणको अन्तिम खेल खेल्न लागेको हो।

नेपाली टोलीमा दुई परिवर्तन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। चोटका कारण करण केसी र भीम सार्की मैदान बाहिर रहनेछन् भने उनीहरूको ठाउँमा देव खनाल र सागर ढकालले खेल्नेछन्। अमेरिकाविरुद्धको खेलमा करण घाइते बनेका थिए। नेपाली टोली अमेरिकासँगको दुई खेलमा पराजित भएको थियो भने स्कटल्यान्डविरुद्ध भने विजयी भएको थियो।

लिग २ को ११औं मध्ये नेपाल ८ खेलमा पराजित भएको छ। दुई खेलमा विजयी हुँदा एक खेल वर्षाका कारण स्थगित भएको थियो। लगातार पराजय व्यहोरिरहेको नेपाली टोलीका लागि एक दिवसीय मान्यता जोगाउन पनि चुनौती बनेको छ। नेपाल ५ अंकका साथ पुछारबाट दोस्रो नम्बरमा रहेको छ। नेपालपछि युएई रहेको छ।

प्रतिक्रिया