December 27, 2024, 5:00 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

विपक्षीमाथि ओलीको दनक, प्रचण्डले खिस्याए ओलीलाई !

कार्तिक १४, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रिय हितका प्रश्नमा कुनै सम्झौता नगरिने बताएका छन् । उनले भाडाका मान्छेहरुले आफ्नो साख गिरेको भन्दै हिँडेको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई २०८४ को चुनाव पर्खिन भनेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आइतबार आयोजित राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोप्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गरे ।

अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने संकल्पका साथ अघि बढ्का छौं ।

सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन प्रधानमन्त्री ओलीले भने, नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौं होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौं भनेको थियौं र आयौं पनि ।

एमाले र नेपाली कांग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्व कटिबद्ध भएर काम गरिररहेको छ ।

हतियार बिसाएका मात्रै हौं भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झूठो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।

‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौं भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन्’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने ।

उक्त विचार गोष्ठीमा प्रचण्ड र लामिछानेलाई ओलीले राजनीतिक निशाना बनाए । ओलीको भनाइ थियो (अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको छ ।

हाम्रो मान्छे छोड्दे भन्ने एउटा कुरा हुन्छ, अरुलाई तथानाम गाली गरेको छ, असभ्यता देखाएको छ । साहै घिनलाग्दो स्तरमा झरेको छ । त्यस्तोमा फेरि माननीय सांसद भनिएकाहरु छन् । कोही चुनेका, कोही टिपेका, विभिन्न खालका ।

भेट्दा माननीय भन्नुपर्छ, बोली सुन्दाखेरी अचम्म लाग्छ । हिजो मात्रै एकजना कराउँदै थिए उफ्रिउफ्री । हामीले हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन भनेर । उनीहरुले हतियार बिसाएको छैन, त्यो साँचो हो । बेइमानी गर्या छ ।

तर, तिनीहरुका हतियारमा खाक्सी नलागेको धेरै भइसक्यो । पुछपाछ नगरेको धेरै भइसक्यो । माटामुनि राखेको हतियार निकालेर चलाउन खोज्दा पड्किदैन । त्यो उनीहरुले बुझे हुन्छ । अहिले पनि हतियारको धम्की दिने ?

चार पाँच हजार मान्छे हुन्छन् । निकालौं हतियार ? पड्काइदिउँ ? भनेर धम्काउँछन् । कसलाई धम्काएको ? कसलाई सुनाएको ? नेपाली समाजलाई होइन ? यस्ता प्रवृत्ति छन् । एउटा ट्रेन्ड झूटको, बेइमानीको, असत्यको, मिसइन्फर्मेसन, डिस इन्फर्मेसनको काम भइरहेको छ ।

झूटो बोल्नेमा एकजना, दुई जना होइन, एउटा डफ्फै छ । म कसैको नाम लिन चाहन्न, तपाईंहरु देखिरहनु भएको छ । हामी देखिरहेका छौं । यस्ता प्रवृत्तिहरु बंगलादेशमा अलिकति के भाको थियो, नेपालमा बंगलादेश बनाइदिन्छौ भन्ने निस्किए ।

कसैले किस्तिमा सजाएर दिएको डेमोक्रेसी होइन । बलिदान र संघर्षबाट प्राप्त गरेको हो । ज्यान दिएर, जेलनेल गरेर, भूमिगत भएर प्राप्त गरेको हो । म भन्न चाहन्छु, दुई (चार अराजक तत्वहरु सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन, हुन दिइने छैन ।

जरुरी पर्दा राजनीति के हो, देशका लागि राजनीति कस्तो हुनुपर्छ र राजनीतिलाई कसरी बचाउनुपर्छ बुझेका छौं। हामी हतियार चलाउन बिर्सेका छैनौं भन्दैमा आत्तिनुपर्ने अवस्था छैन ।

हुन त दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार भोलि नै गयो सरकार । खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ? फेरि न्याय दिने काम त मेरो होइन । छानविन गर्ने काम पनि मेरो होइन । त्यसको लागि निकायहरु छन् ।

अहिलेको सरकारले कसैलाई पनि समात, छोड, निकाल, उकास जस्ता कुराहरु गर्दैन । यो निस्पक्ष सरकार हो । निस्पक्षताबाट पछाडि पनि हट्दैन । दुई चार हजार कराएर न्यायलाई प्रभावित पार्छु भन्ने ठानेका छन् भने, मैले विश्वास लिएको छु, त्यस्ता हाहुबाट अदालत प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै रहँदैन ।

त्यसबाट सिकिहाल्छ नि मान्छेले । त्यसोभए न्याय त जो कराउँछ त्यसले मात्रै प्रभावित गर्ने हुन्छ । यो कुरा अदालतलाई स्वीकार्य हुन्छ जस्तो लाग्दैन ।  मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुनें । अदालतलाई छानविन गर्न दिउँन ।

संसदीय छानविन समिति बनाउने कुरा आउँदा मैले यो आवश्यक छैन, अन्य छानविन गर्ने निकाय छन्, त्यहाँबाट गरौं भनेको हो । उनीहरु नै हो समिति बनाउँ भनेर उफ्रिने । समितिमा आफैँ बसेका हुन् । म त थिइनँ । उहाँहरुको प्रतनिधि थिए । माओवादीको, राप्रपाको प्रतिनिधि थिए ।

प्रचण्डले खिस्याए ओलीलाई !
शून्यबाट सरु गरेको व्यापरिक कारोबारबाट अर्बौं कमाएका व्यापारी मीनबहादुर गुरुङबाट पार्टीका लागि जग्गा दान लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वर्षौंदेखि कालोसूचीमा परेका व्यापारी व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा बसेर उनलाई संरक्षण गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खिस्याउने मौका पाए ।

प्रधानमन्त्री केपी ओलीले भाटभटेनीका मालिक मीनबहादुरसँग जग्गादान लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको प्रचण्डले बताएका छन् ।

सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै खुमलटारस्थित शारदाप्रसाद अधिकारीको घरमा बसेका प्रचण्डले भाटभटेनी आफ्नो नभएको भन्दा भन्दा हैरान भइसकेको बेलामा ओलीले क्लियर गरिएको भन्दै धन्यवाद दिएका हुन् ।

माओवादीको खस्कँदो हैसियत प्रस्ट्याइदिएको खबरदारी सभामा प्रचण्डले भने, यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए । मैले होइन भन्छु पत्याउने कसैले होइन । प्रचण्डकै हो भनेको छ, हिँडेको करेन्ट साप्ताहिकमा उल्लेख छ ।

हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए । म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर । अहिले केपीजीले क्लियर गरिदिनुभयो । धन्यवाद छ ।

त्यसको शेयर होल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाई नै रहेछ भन्ने क्लियर गरिदिनुभयो । मैले बोल्नै परेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो । तपाईलाई धन्यवाद । अब यो प्रचण्डको होइन भन्ने भयो । म खुशी छु ।

प्रतिक्रिया