December 28, 2024, 8:27 am
» सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन » पच्चीस न्यायाधीशको सरूवा सिफारिस » काठमाडौँसहित देशभर मौसम बदली, आगामी २४ घण्टाका लागि चेतावनी » हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात » कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे

एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद

पुस १२, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं।माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को एसईई परीक्षाका लागि फाराम भर्ने म्याद खुलेको जानकारी गराएको छ ।

हाल कक्षा १० मा नियमित विद्यार्थीको रुपमा अध्ययनरत (खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फ समेत) विद्यार्थीहरुले परीक्षामा समावेश हुनका लागि आगामी माघ १२ गतेसम्म फाराम बुझाउन सक्ने छन् ।

रजिष्ट्रेशन फाराम दस्तुर प्रतिविद्यार्थी पाँच सय रुपैयाँ तोकिएको छ । कार्यालयले सम्बन्धित शिक्षा विकास निर्देशनालयहरुलाई सूचनाबमोजिम विद्यार्थीको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्नेलगायत कार्यहरुमा सम्बन्धित प्रदेशअन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईहरुलाई सहजीकरण गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया