February 24, 2025, 6:10 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

पुस १२, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

सौराहा,

सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिएको तिवारीले बताए । उनले नङ फुटे÷नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गरिएको जानकारी दिए ।

प्रतिक्रिया