February 24, 2025, 6:00 am
» प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा » एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा, के-के छन् एजेन्डा ?

ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश

पुस १२, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं– सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार शारङ्गा सुबेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै निर्वाचनको सन्दर्भमा कारण देखाउ आदेशसमेत जारी गरेको छ। उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटिले विधान संशोधन गरेर १३ पुसका लागि निर्वाचनको घोषणा गरेको थियो। एनओसीको अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदमा पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् ।

प्रतिक्रिया