काठमाडौं,। काठमाडौं प्रहरीले पछिल्लो पाँच महिनामा झण्डै १३ सय फरार प्रतिवादी पक्रेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस पहिलो सातासम्म एक हजार दुई सय ९८ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्त बौद्ध, साँखु, बूढानीलकण्ठलगायतबाट खटिएका टोलीको सहायतामा उनीहरु पक्राउ परेका हुन् । तीमध्ये बिहिबार मात्रै ७१ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट चार करोड ४९ लाख ५३ हजार ८५० रुपैयाँ जरिवाना असुलउपरसहित एक सय २० वर्ष १० महिना कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको छ ।
दण्डहीनता अन्त्य गर्ने उद्देश्यका लागि विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेकाहरु कोही कसैको इलाकामा लुकिछिपी बसेको जानकारी भएमा जानकारी गराउन प्रहरीले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया