February 24, 2025, 6:07 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन

पुस १३, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौँ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण गएराति निधन भएको छ ।

हृदयघात भएपछि ७१ वर्षीय वस्तीलाई उपचारका लागि शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। तर उनको राति नै निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए ।

वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकारुपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।

वस्तीका छोरा अमेरिकामा भएका कारण उनी आएपछि आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया