December 27, 2024, 5:05 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

संघीयता,लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन हुँदैन : ईश्वर पोखरेल

कार्तिक १४, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने स्पष्ट पारेका छन्। बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधनका विषयवस्तु र प्रक्रियाबारे छलफल भइरहेको भन्दै मुलुकको उपलब्धीलाई बाधा पुग्नेगरी संविधान संशोधन नगरिने बताएका हुन्।

उनले संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संशोधन गरिने बताए।

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए । सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकूल नदेखिएको उनको भनाइ छ ।

पोखरेलले मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गइसकेकोले अदालतको निर्णयलाई हेरेर अघि बढ्ने बताए।

गुरुङ एमालेको शुभचिन्तक भएकाले अपारदर्शी ढंगले कुनै काम नभएको उनको भनाइ छ।

प्रतिक्रिया