December 27, 2024, 5:30 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

रास्वपाका नेता पुकार बम पनि गिरफ्तार

कार्तिक १३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेता-कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पछिल्लोपटक पुकार बमलगायत नेता-कार्यकर्तालाई गिरफ्तार गरिएको छ । उक्त पार्टीका मकवानपुरको बकैया गाउँपालिकाका सभापति अमर दंगाल, हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश थापालगायत नेता-कार्यकर्तालाई गिरफ्तार गरिएको उनले बताए ।
उनका अनुसार, प्रहरीले यसअघि रास्वपाका सांसद अशोककुमार चौधरीसहित १७ नेता-कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

सांसदसहित रास्वपाका १७ नेता-कार्यकर्ता गिरफ्तार

पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो । रास्वपाले भने यसलाई राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन भनेको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

प्रतिक्रिया