September 19, 2024, 9:34 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउदै

साउन २२, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।

आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

गत असार २८ गते नारायण-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया