September 8, 2024, 1:42 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

ललितपुरका एक बालकमा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै

साउन ८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बालकमा हैजा पुष्टि भएको छ।

अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका  १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो।

हैजाको लक्षण सहित उपचारका लागि शुक्रराज अस्पतालमा ल्याइएका ती बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउदा  हैजा पुष्टि भएको डा बसौलाले जानकारी दिए।

सोही स्थानबाट हैजाकै लक्षण देखिएका अर्का एक बालकको पनि  शुक्रराज अस्पतालमा उपचार भइरहेको छ। उनको हैजा परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ। ‘सोही स्थानबाट आएका अर्को बिरामीको रिपोर्ट आउन बाँकी छ, उहाँ अस्पतालको आइसियूमा उपचारत्त हुनुहुन्छ।

प्रतिक्रिया