February 23, 2025, 3:23 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

जापानमा बढ्यो माइकोप्लाज्मा निमोनिया सङ्क्रमण

माघ ८, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

एजेन्सी – जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य वृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको सङ्ख्या उच्च स्तरमा पुगेको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत सङ्ख्या जनवरी १२ सम्म १.११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ०.३४ ले बढेको हो ।

माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य सङ्क्रमण, ज्वरो, थकान, टाउको दुखाइ र लगातार खोकी जस्ता लक्षणहरु निम्त्याउँछ । गम्भीर अवस्थामा, यसले निमोनिया निम्त्याउन सक्छ र अस्पताल भर्ना आवश्यक पर्दछ ।

यसैबीच, रुघाखोकीजस्ता लक्षण देखि गालामा रातो दाना देखिने एरिथिमा इन्फेक्टियोसम पनि बढ्दै गएको छ । गत हप्ता देशभरका झण्डै तीन हजार चिकित्सा संस्थाहरूले औसत ०.९४ केस रिपोर्ट गरेका छन् ।

इन्फ्लुएन्जा पनि व्यापक रहेको हुनाले विज्ञहरूले मास्क लगाउनेलगायत सङ्क्रमण रोकथामका उपायहरूको महत्त्वमा जोड दिए ।

प्रतिक्रिया