January 9, 2025, 7:19 pm
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ

पुस २५, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,   : काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले ना.१ ज ८७५७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममासुमोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तियाज अली अन्सारी र२८ वर्षीया साहाना राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गको छ ।

इलाका प्रहरी कार्यालय जयसपुरर लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे. ११ प ६७६५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङराकटानबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्नालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित कञ्चनपुर भिमदत्त नगरपालिका-१० बस्ने २६ वर्षीय तपेन्द्र पाली समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ५२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बस्ने ३४ वर्षीय धनिराम थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-१डाँगीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन १ सय ट्याब्लेट, ट्रामाडोल १ सय ट्याब्लेट र मोबाइल ६ थान सहित सोही ठाउँ बस्ने अमर मगर समेत ६ जनालाईबुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा,साँगुरीगढी गाउँपालिका-९चाँदीबजारबाट अवैध लागूऔषधगाँजा करिब १ सय २० किलोग्राम सहित शहिदभूमि गाउँपालिका-१ गुर्दुम बस्ने ३४ वर्षीय नकुल राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका ५ वटा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको ५ वटा मोटरसाइकल समेत बरामद गरेको छ । साथै प्रहरीले मोटरसाइकल छोडी हाल फरार भएका २ जनाको खोजी गरिरहेको छ ।

दाङ,घोराही उपमहानगरपालिका-१३ सिर्जनशील टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २४ किलो ७ सय १० ग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्नेप्युठान स्वर्गद्धारी नगरपालिका-२ घर भएका ३९ वर्षीय निम बहादुर आले, नौबहिनी गाउँपालिका-२ घर भएका २१ वर्षीया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भएका २९ वर्षीय प्रकाश घर्ती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया