पोखरा- सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन एक जनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलबाट पक्राउ गरेको छ ।
कतार उड्न लागेका पोखराका कृष्ण गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी सहकारीको सञ्चालक समिति सदस्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
बिहीबार पक्राउ परेका उनलाई आज सरकारी वकिलको कार्यालय कास्कीमा पेश गरिने शर्माको भनाइ छ ।
उनिविरुद्व यसअघि नै पक्राउ पुर्जी जारी भएपनि प्रहरीले नियन्त्रणमा लिन सकेको थिएन ।
प्रतिक्रिया