December 27, 2024, 5:25 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

राष्ट्रपति पौडेलबाट शुभसाइतमा भाइ टीका ग्रहण

कार्तिक १८, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो  । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

प्रतिक्रिया