November 24, 2024, 12:45 am
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

रविबारे छलफल गर्न गृहमन्त्री लेखकसँग डीपी अर्यालले गरे भेटवार्ता

कार्तिक १३, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए ।

रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराए । ‘बालुवाटार केन्द्रित आन्दोलन भएको भएर शान्तिसुरक्षाको कुरा गर्न भेटेको हो । प्रदर्शन शान्तिपूर्ण हुने जानकारी गराँए,’ अर्यालले भने ।

लेखक आफ्नो मित्र पनि भएकाले गृहमन्त्रीको कार्यकालको शुभकामना दिएको उनले सुनाए । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोधविरुद्ध भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । सभापति लामिछानेलाई दोस्रोपटक म्याद थपिएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गरिएको छ । आज गर्न लागेको सडक प्रदर्शनलाई रास्वपाले विशेष हुने जनाएको छ ।

प्रतिक्रिया