December 24, 2024, 12:13 am
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

विदेशी शक्तिले सरकार ढाल्ने र बनाउने नेताहरूको भनाइ जनतामाथिको धोका हो : विप्लव

मंसिर ८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं : नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन्।

पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार बनाउनका लागि चुनावमा जनता सहभागी भए पनि नेताहरूले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताए।

नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरूको व्याख्या जनतामाथिको धोका भएको उनले बताए। त्यस्तै विप्लवले अहिलेको मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए।प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्रै रहेको उल्लेख गर्दै विप्लवले अहिलेको सरकार रातको १२ बजे ढल्नसक्ने आभास जनतालाई भएको बताए।

अहिले भ्रष्टहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको र आफूले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेको उनले बताए। त्यस्तै उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरे।

प्रतिक्रिया