February 24, 2025, 9:03 am
» युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

मंसिर ८, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

एजेन्सी । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन ।

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उहाँलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उहाँको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उहाँलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उहाँलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ ।

अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भन्नुभयो, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भन्नुभयो ।

रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उहाँको मृत्यु भएको पुष्टि भएको थियो ।अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् । छन्।
-(रासस/एएफपी) 

प्रतिक्रिया