January 11, 2025, 1:02 pm
» बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड » राप्रपाको चियापनमा प्रधानमन्त्री ओली » रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत » आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँमा आज तीन शव भेटिए

मंसिर ८, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौँ, : काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् ।

यसैगरी दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया