February 24, 2025, 7:07 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

पुस २७, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै उनले अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका हुन् ।

नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि कानूनी अड्चलन भए पनि अध्यादेशमार्फत् अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रूपमा भित्र्याउन पाउने प्रधानमन्त्रीको भनाइ छ ।

‘हिजो (शुक्रबार)को मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया