December 27, 2024, 6:21 am
» भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन » प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित : आरजु राणाको दिल्ली भ्रमण असफल » शोभा पाठक साधारण तारेखमा रिहा » निलम्बित एमाले नेतृहरुद्वारा राजदूतको बिदाई » नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

सभामुखको रुलिङ- ‘हिंसा’ शब्द असंसदीय होइन, हटाउनु पर्दैन

भदौ २६, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका छन् ।

भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए ।

‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, घिमिरेले भने ।

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका छन् ।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाएका थिए ।

प्रतिक्रिया