February 24, 2025, 6:09 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

शोभा पाठक साधारण तारेखमा रिहा

पुस १२, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक साधारण तारिखमा  छुटेकी छन् ।

साइबर अपराधको कसूरमा पुस १ गते समातिएकी उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले छोड्न आदेश दिएको हो । उनले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै राजकुमार त्रिपाठीले गत मंसिर २८ गते जाहेरी दिएका थिए ।

सोही उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेकी उनीमाथि साइबर अपराधसम्बन्धी कसूरमा मुद्दा दायर गरिएको थियो । तर, उनले भने आफूलाई बस्नेतले षड्यन्त्रपूर्वक फसाएको दाबी गर्दै आएकी छन् ।

एक समय लिभिङ टुगेदरमा बसेका बस्नेत र पाठकबीच पछिल्लो समय आरोप–प्रत्यारोप चलिरहेको छ । गुप्तरुपमा अघि बढेको सम्बन्ध बाहिर आएपछि शुरु भएको विवाद मुद्दा–मामिलाको तहमा पुगेको हो ।

प्रतिक्रिया