February 24, 2025, 3:22 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

पुस १२, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति ९ बजेर ५१ मीनेटमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको बताइएको छ ।

हिजो साँझ बेहोस भएपछि सिंहलाई एम्समा भर्ना गरिएको थियो । तर उपचारको क्रममा राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

भारतको पन्जाब प्रान्तमा जन्मिएका डा. सिंह भारतीय काँग्रेसबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल लगातार प्रधानमन्त्री बनेका थिए । पहिले अर्थमन्त्री रहेका उनलाई भारतीय परम्परागत अर्थतन्त्रमा सुधार ल्याउने मन्त्रीको रुपमा चिन्ने गरिएको छ ।

प्रतिक्रिया