February 24, 2025, 5:34 am
» बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा » एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा, के-के छन् एजेन्डा ? » सुनचाँदीको मूल्य बढ्यो

प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

फाल्गुन १२, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईं ले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया