February 24, 2025, 7:01 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो

फाल्गुन १२, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
उनले लेखेका छन्-
आजभोली नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोस र गालिगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्तैन । कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । सबै उस्तैहुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समुह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्दछ ।

प्रतिक्रिया