काठमाडौं, । आइतबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी मतहको घटना छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ ।
सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको स्रोतले जनाएको छ । शनिबार राती महत ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।
२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।
त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो ।
तर, प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् ।
उनको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याईएको छ । सिन्धुपाल्चोककी महतका बाबु आमा हाल अष्ट्रेलियामा छन् । उनीहरु नेपाल आएपछि अन्त्येष्टि गरिने स्रोतले जनाएको छ ।
प्रतिक्रिया