February 25, 2025, 5:59 am
» सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो » रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

निलम्बित एमाले नेतृहरुद्वारा राजदूतको बिदाई

पुस १२, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौँ । दक्षिण कोरियाका लागि नवनियुक्त नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे आज जिम्मेवारी सम्हाल्न सिओल जाने कार्यक्रम छ । केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि तुम्बाहाम्फे कोरिया जान लागेकी हुन् ।

उनैलाई एमाले नेतृहरुले सफल कार्यकालको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा एमालेबाट हालै कारबाहीमा परेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले स्थायी समिति सदस्य बिन्दा पाण्डेसहितको सामूहिक फोटो पोष्ट गर्दै लेख्छिन् ‘आदरणीय दिदी शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाको राजदूत नियुक्त भएर आज त्यसतर्फ जाँदै हुनुहुन्छ । दिदीलाई सफल कार्यकालको शुभकामना । शुभयात्रा ।’

नेतृत्वको कदमप्रति प्रश्न उठाएवापत तिम्सिना र पाण्डेलाई अस्ति बसेको सचिवालय बैठकले छ महिनाका लागि निलम्बन गरेको छ । मीनबहादुर गुरुङबाट जग्गादान लिएर कीर्तिपुरमा पार्टी कार्यालय भवन बनाउने निर्णयप्रति असहमति जनाउँदै उनीहरुले सार्वजनिक टिप्पणी गरेका थिए ।

त्यस्तै पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावलको पनि तीलगायत आरोपमा सदस्यता खोसिएको छ ।

प्रतिक्रिया