विभागका यि कर्मचारीबाट हुन्छ सेटिङ (नाम सहित)

- January 3, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की………..
काठमाडौं । रोजगारीमा पठाईदिने भन्दै आफुखुसी रकम असुली गर्नेमा वैदेशिक रोजगार विभागकै कर्मचारीको संलग्नतामा हुने गरेको खुलासा भएको छ । कर्मचारीको संयोजकत्वमा केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलुकामदार पठाउने नाममा ुमानव तस्करी नै गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ ।
अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी ठूलो आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिदै आएका छन् ।  श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करीलाई सहयोग पुगेको पछिल्लो चरणमा खुलेको छ ।

महानिर्देशक पाण्डेको निर्देशनमा अबैध कार्यमा संलग्न कर्मचारी
डिकप्रसाद दाहाल
निर्वाणकुमार भट्टराई
हरिप्रसाद देबकोटा
मोहनबहादुर थापा
इन्द्रबहादुर शाखकर्मी
बेदनाथ खतिवडा
केशवराज ढुंगाना
सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा समेत विभागका कर्मचारीले श्रम स्वीकृत नवीकरण र वैधानीकरणको नाममा रकम लिएर स्वीकृत दिदै आएको खुलेको हो ।  सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तर विभागका कर्मचारी र मेनपावर कम्पनी सञ्चालकको मिलिमतोमा झूटो विवरण बनाएर श्रम स्वीकृत दिदै आएका छन् ।

विभाग र व्यवसायीको संलग्नतामा दोलखाकी सुनिता तामाङ, दोलखा मागापौवा गाविस २ की कुमारी तामाङलाई घरेलु कामदारका लागि पुस ७ गते ३१४६६५७ नम्बरको श्रम स्वीकृति दिएसंगै यो अबैध कार्यको खुलासा भएको हो । विभागका कर्मचारीले प्रलोभनमै नाम मिलेको फाइदा उठाउँदै अर्कै सुनिताको राहदानीका आधारमा तामाङलाई श्रम स्वीकृति दिएको खुलेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेकै निर्देशनमा कर्मचारी सो अबैध कार्यमा परिचालन गरेर रकम संकलन गरेको समेत खुलेको छ ।  वैदेशिक रोगजार विभागले वैधानिक प्रक्रियाबाट गएर फर्केर आएकालाई श्रम स्वीकृत नवीकरण गरी पठाउने गरेको छ ।
सो कार्यमा ५ शाखा अधिकृत र २ जना कम्प्युटर अप्रेटर संलग्न रहेको आरोपमा मन्त्रालयमा फिर्ता बोलाईएको छ । ताहाचल स्थित कार्यालयमा कार्यरत शाखा अधिकृतहरु डिकप्रसाद दाहाल, निर्वाणकुमार भट्टराई, हरिप्रसाद देबकोटा,मोहनबहादुर थापा र इन्द्रबहादुर शाखकर्मी रहेका छन् । त्यसैगरि, कम्प्युटर अप्रेटर बेदनाथ खतिवडा र केशवराज ढुंगाना रहेका छन् । उनीहरुले अबैधरुपमा कामदारलाई विदेश पठाउन सहयोग गरे वापद मोटो रकम असुली गर्दै आउनेमा अग्रपक्तिमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

बैदेशिक रोजगारीका नाममा ब्रम्मलुट : व्यवसायी र विभागका कर्मचारीकै संलग्नता (सूचीसहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!