काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए।सँगैसँगै घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेका छन्। तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन्।घिसिङले जवाफ दिए, ‘मैले अघि वक्तव्यमा पनि भनेको छु। म एउटा जिम्मेवार नागरिक हो। अब तपाईंहरुजस्तै नागरिक भएँ, कर्मचारी रहिनँ। एउटा जिम्मेवार नागरिक भएर म सदैव देशको हितको लागि, समृद्धिका लागि, कुनै पनि जिम्मेवारी लिन तयार छु।’
प्रतिक्रिया