April 16, 2025, 5:23 pm

वीरगञ्ज झडपमा एसपीसहित १७ प्रहरी घाइते

चैत्र २९, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

पर्सा – पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताए । “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उनले भने, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।”

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

प्रतिक्रिया