शाक्यको साधनबाट प्राप्त गरेको अनुभूती ‘म को हुँ’ विमोचन

- April 21, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । साधक दीपरत्न शाक्य (प्रेम आनन्द)ले साधनाबाट प्राप्त गर्नुभएको अनुभूती संगालो ‘म को हुँ’ (अद्भुत आध्यात्मिक अनुभूति)पुस्तक विमोचन गरिएको छ ।

पुस्तकमार्फत जीवनभित्रको रहस्य, उदेश्य तथा मानव जीवनको वास्तविक खोजको बारेमा समेटिएको उक्त पुस्तक अग्रज लेखिकाद्धय सावित्रि जङ्गम थापा र हिरण्यकुमारी पाठकले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

उक्त पुस्तकले जीवनको वास्तविक उदेश्य र खोजबारे जान्न, बुझ्न र रुपान्तरित हुन चाहनेका लागि मार्गदर्शन गरेको छ ।

साधना ग¥यो भने स्वयम्भित्र खोज्यो भने के असम्भव छ र, उक्त पुस्तकले सोही कुरालाई उजागर गरेको छ ।

शब्दयात्रा प्रकाशनको २२४ औँ प्रकाशनपुष्पका रुपमा रहेको उक्त पुस्तक प्रकाशन गर्नका लागि शाक्यकी धर्मपत्नी अनिता बज्राचार्यले सहयोग गर्नुभएको छ ।

लेखक शाक्यले पुस्तकमा जीवन भोगाईका क्रममा घटेका घटना, परिघटना, र संसारी जीवनप्रतिको असन्तुष्टिबाट आफूले आफैँलाई खोज्दा आध्यात्मिक यात्रामा लागेर पाएका अनुभवलाई समेट्नुभएको छ ।

कुल ८८ पृष्ठ रहेको उक्त आध्यात्मिक कृतिमा खोजी, यमराजको दैलोबाट फिर्ता, समाधिको अनुभूती, सपनाममा सर्प र कुण्डलिनी जागरण, दिव्य अनुभूती, रुपान्तरण, बुद्धत्वको बीज, मेरी उनी, मानवदेखि मृत्युञ्जयेश्वरसम्म र बैराग्य विषयका लेखहरु प्रकाशित छन् ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!