April 6, 2025, 4:59 am

एनएसएलमा आज ललितपुर र पोखरा खेल्दै

चैत्र १९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं – जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दैछन् । यस अघिको खेलमा ललितपुरले काठमाडौं रेजर्ससँग २–२ गोलको बराबरी खेलेको थियो भने पोखरा एफसी चितवनसँग २-० गोलले पराजित भएको थियो ।लिगमा धनगढी एफसी, एफसी चितवन, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स गरी सात टोली सहभागी छन् ।

प्रतिक्रिया