सिन्सियरका तीन पदाधिकारी विरुद्ध अख्तियार र शुद्धिकरण विभागमा उजुरी

- March 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु विरुद्ध विभिन्न निकायहरुमा उजुरी परेको छ । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यविरुद्ध एकैचोटि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको हो । गत चैत ८ गते दर्ता भएको मुद्दामा उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखिएको छ । सिन्सियरका तीन हर्ताकर्ताले घुस खाएर अंकुत सम्पत्ति जोडेको र उनीहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै अख्तियारमा सी–०४८८०९ नम्बरमा र सम्पत्ति शुद्धिकरणमा ४४५५ नम्बरमा मुद्दा दर्ता भएको हो ।
सीधासाधीलाई उठीबास लगाएर उनीहरुकै सम्पत्तिमा तीन हर्ताकर्ताले रजाइँ गरेको उजुरी पत्रमा उल्लेख छ । निवेदकले गलत तरिकाले कमाएको सबै सम्पत्ति राष्ट्रियकरण हुनुपर्ने र उनीहरुलाई संस्थाको जिम्मेवारी पदबाट हटाएर कानुनको दायरामा ल्याउनुपर्ने माग उजुरीमा उल्लेख छ । हिजोको दिनमा फुट्या कौडी नभएकाहरु उक्त संस्थामा बसेर करोडौंको मालिक बनेको समेत निवेदनमा जनाइएको छ । २०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरमा आउनुअघि केही नभएकाहरु रातारात मालामाल बन्नुको पछाडिको कारण निवेदकले खुलाएका छन् । निवेदक नेपाली जनताले हालेको मुद्दामा उनीहरुको विगत र अहिलेको सम्पत्तिसमेत छर्लङ्ग पारिएको छ । यसै मुद्दाका विषयमा सो सहकारीका कार्यकारी संचालक खड्कालाई प्रतिकृया लिँदा उनी भन्छन् – यो संस्था विरुद्ध अफबाह फैलाइएको हो । यसरी अफबाह फैलाएका व्यक्तिहरु विरुद्ध हामीले सार्जजनिक सुचना नै जारी गरिसकेका छौं ।

यो पनि पढ्नुहोस्

 

सिन्सियर सहकारीद्वारा मीटरब्याजमा कर्जा लगानी : समयअगावै ऋण चुक्ता गर्न दवाव

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!