सिन्सियर सहकारीद्वारा मीटरब्याजमा कर्जा लगानी : समयअगावै ऋण चुक्ता गर्न दवाव

- January 30, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राईम व्यूरो ।
काठमाडौं । सर्वसाधारणदेखि उच्च सरकारी कर्मचारीसम्मलाई सहजै रुपमा ठगीगर्ने उदेश्यले देशभर सञ्चालनमा रहेका अधिकाशं वित्तिय संघ÷संस्थाहरु सहयोगीभन्दा पनि ठगी गर्ने सूचीमा देखिएका छन् । सानो सानो रकम जम्मा गरेर गरिवी न्यूनीकरणकालागि विशेष सहयोग दिने भन्दै घरैपिच्छे स्थापना भएका बैंक वित्तय तथा सहकारीहरुबाट सेवाग्राही वा बचतकर्तादेखि ऋणीमाथी ‘मिटरव्याजमा ऋण प्रवाह’ गरेर ठगीधन्दा चलाउदै आएको भेटिएको छ ।

यसरी मिटरव्याजमै ऋण प्रवाह गरेर धेरै ऋणीको उठीबास लगाएपनि सरकारी निकायबाट अनुगमना र अनुसन्धान नहुदाँ विभिन्न नाममा ऋणीलाई मानशिक दवाव दिदै घरबासबाट उठीबास लगाउदै आएका छन् । यसरी उठबास लगाउनेमा सहकारीक्षेत्र समेत अग्रभागमा रहेको छ । पछिल्लो समय सहकारीबारे अनेक प्रश्न उठेका छन् ।

केहीले बचतकर्ताको रकममाथि खेलबाड गरेर आफुखुशी ऋण अपचलन गरेको भेटिएको छ । यसरी मिटरव्याजकै दरमा ऋण प्रवाह गर्ने पुतलीसडकमा रहेको ‘सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’ ले समेत आफ्नै शेयर सदस्यमाथी नै विभिन्न दुःख दिदै आएको बताइएको छ । सो सहकारीमा करिव २ हजारभन्दा बढी बचतकर्ताको रकम सहकारीका सञ्चालकहरुद्वारा विभिन्न क्षेत्रमा लगानी गरेको पाइएको छ ।

न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजारलगायत क्षेत्रका धेरै बासिन्दा र व्यापारीले सिन्सियर सहकारीमा बचत गरेका छन् । काठमाडौं र ललितपुर कार्य क्षेत्र रहेको बताउने सिन्सियर सहकारीका सञ्चालकहरुले सहकारी ऐन विपरित १६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गरि ऋणीबाट असुली गर्दै आएको आरो िसोही सहकारीका एक सदस्यले लगाएका छन् ।

राजधानीको पुतलीसडकमा कार्यालय राखेर सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको ठगीधन्दा चलाउदै आएको आरोप लगाईएको छ । २२ वर्षअघि सञ्चालनमा रहेको सिन्सियरले मीटरब्याजमा पैसा लगानी गरेर ठगी गर्दै भेटिएको छ । सो सहकारीका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र राजेश खड्का नाम गरेका व्यक्तीको योजनामा सो अबैधधन्दा चलाउदै आएको सदस्यहरुको गुनासो गरेका छन् ।

सहकारी ऐन विपरित सो सहकारीले ३६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गरेको पीडित ऋणीहरुको भनाई रहेको छ । सो सहकारीले कर्जा दिने बेला फिर्ता गर्ने निश्चित समय तोकिएपनि अध्यक्ष श्रेष्ठको निर्देशनमा तोकिएको समयअघिनै ऋणीलाई विभिन्न मानशिक दुःख दिदै ऋण चुक्ता गर्नु गराउनु भनी धम्कीपूर्ण रुपमा निर्देशन समेत दिदै आएको दुखेशो पीडितहरुको रहेको छ ।

सो सहकारीका अध्यक्ष श्रेष्ठको योजनमा उनले खटाएका विश्वासपात्र खड्काले समयावधि सकिनुअगावै बारम्बार फोन गरेर ऋण चुक्ता गर्नु भन्दै धम्काउने गरेको नाम नबाउने सर्तमा एक पीडित सदस्यले बताएका छन् । सहकारी संस्थाले कर्जा लिने बेलामा मात्रै सेवाशुल्क लिन पाँउछ, त्यो पनि सरकारले तोकेबमोजिम ।

तर, सिन्सियरले कर्जा दिने र चुक्ता गर्ने बेलामा ऋणीसंग सेवाशुल्क समेत लिदै आएको छ । सो सेवाशुल्कको भने कुनै प्रमाण वा रसिद दिने गरेको छैन । यसरी मिटरव्याजमा ऋण प्रवाह गरेर सदस्य ऋणीहरुको सिन्सियरका कारण उठीबास लागि सकेको बताएका छन् । सिन्सियरको सबैभन्दा धेरै कर्जा लगानी थोत्रा ट्याक्सी व्यवसायीमा लगाएको बताइएको छ ।

आफ्नो गुनासो पोख्नकालागि तीव्रखबरको सम्र्पकमा आएका एक पीडितले नाम नलेख्ने सर्तमा भने,‘पहिले कर्जा दिने बेलामा अन्य सहकारी अनुसार नै दिएको थियो, एक वर्षको समय राखेर ऋण लिएको थिया, तर ऋण लिएको तीन/चार महिना पनि नबित्दै फोन गरेर कर्जा चुक्ता गर्न दवाव दिदै आएको छ, ऋण चुक्ता नगरे पत्रिकामा सूचना समेत ननिका सिधै धितो लिलाम गर्दै आएको छ ।’

ती पीडितले अगाडी भने,‘ धितो लिलाम गर्नलाई पहिले पत्रिकामा लिलाम सूची निकाल्नु पर्छ भन्ने ज्ञान हामीलाई पनि थाहा छ, स्थानीय रोहबरमा धितो लिलाम गर्नुपर्नेमा त्यसो नगरि गुण्डा प्रयोग गरेर करकापमा सहकारीले भित्रभित्रै धितो लिलाम गरेर सवै कागजता खोस्ने गर्दछ ।’

सिन्सियर सहकारीमा अध्यक्ष श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा विभागकी अधिकृत मिरा कर्माचार्य नामका व्यक्तीको मिलिमतोमा सो अबैधधन्दा चलाउदै आएको समेत पीडितहरुले बताएका छन् । सिन्सियर सहकारीले टोले गुण्डासमेत पालेर दुःख दिदै आएका आरोेप लागेको छ ।

सिन्सियरको गैरकानुनी धन्दा अहिलेसम्म बाहिर आएउनबाट तीनै भाडामा राखिएका गुण्डाहरु परिचालन गरेर रोक्दै आएको समेत पीडितहरुको भनाई रहेको छ । सिन्सियरका अध्यक्ष श्रेष्ठ र कार्यकारी सञ्चालक खड्काकै कारण पछिल्लो संकटग्रस्त अवस्थामा पुगिसकेको समेत बताइएको छ ।

सो सम्बन्धमा सो सहकारीका अध्यक्ष श्रेष्ठसंग पटकपटक फोन सम्र्पक गर्दा उनको फोन सम्र्पक हुन सकेन । यता सो सहकारीले ३६ प्रतिशतसम्मको व्याजमा ऋण लगानी गरेको बारे सहकारी विभागमा सम्र्पक गर्दा सो विद्यमान ऐन विपरित भएको भन्दै सो सहकारीमाथी छानविन गर्ने बताइएको छ ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले मार्जिनभन्दा बढी ब्याजदरमा कर्जा लगानी गरेमा कारबाही हुने बताएका छन् । उनले १६ प्रतिशतभन्दा बढी ब्याजमा कर्जा लगानी गर्न नमिल्ने बताउदै सो भन्दा बढी व्याजदरमा ऋण प्रवाह गर्नेमाथी अध्ययन अनुसन्धान गरिने बताए ।

रजिष्ट्रार पण्डितले भने,‘सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न पाउदैन, गरेको पाइएमा विभागले कडा कारबाही गर्छ, सहकारीले जथाभावी लगानी गर्दा यस्तो समस्या देखिएको र सुन्न आएकाले सहकारीमाथि नियमन गर्ने काम भइरहेको छ ।’ सहकारीहरुले तोकिएको सीमाभन्दा बढीमा कर्जा लगानी गर्न नपाउने रजिष्ट्रार पण्डितले बताए ।

सो सकहारीद्वारा विद्यमान ऐन विपरित गरिएका अन्य थप विवरणको खोजी कार्य तीव्रखबर मिडिया ग्रुपको क्राइम व्यूरोद्वारा जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!