स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएको छु : मन्त्री शर्मा

- June 10, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको भन्दै आफ्नो बचाउ गरेका छन् । पूर्वका उद्योगी, व्यवसायीले बजेटबाट विभेदपूर्ण काम सरकारले गरेको भन्दै आन्दोलनमा उत्रेपछि शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटका क्रममा सो कुरा बताएका हुन ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक बर्ष ०७९–८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको भन्दै सो कार्य तत्काल फिर्ता लिन माग राख्दै विहिबारदेखि सडक आन्दोलनमा उत्रेपछि मन्त्री शर्माले बार्ता सुरु गरेका हुन ।

उनले भने, ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन, हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’ आम महिलाबर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारे । मन्त्री शर्माले भने,‘बजेट तपाईहरु (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हाहामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’

उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुती दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने बातावरण बनाइदिन आग्रह गरे । अध्यक्ष रिजालेले भने, ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसाा गर्ने स्थिति आओस् ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट