जुत्ता किन्दा होसियार : नेपाली ब्राण्डको नाममा यो कम्पनीको ठगी

- December 4, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय अत्यधिक मात्रामा मौलाएको व्यवसायमा स्वदेशीभन्दा पनि विदेशी गुणस्तरहीन जुत्ताचप्पलको बिक्री हुँदै आएको भेटिएको छ । कोरोना भाइरसको सक्रमणका कारण विदेशबाट खुला रुपमा नेपाली बजारमा गुणस्तहिन जुत्ताचप्पल आयात गर्न रोकिएपछि दक्षिणी नाकाबाट चोरीपैठारी गरि जुत्ताचप्पल नेपाल भित्रिरहेका छन् । केही वर्ष अघिसम्म चिनको स्वशासित क्षेत्र तिव्वतबाट तयारी जुत्ता नेपाल ल्याईने गरेको थियो ।

ठूलो मात्रामा नेपाल भित्रिएका जुत्तालाई नेपाली उत्पादन भएको भन्दै जुत्ताचप्पल अत्याधिक मंहगो शुल्क राखी बेच्दै उपभोक्तामाथी ठगीधन्दा नै चलाउदै आएको गुनासो फेरी बढ्न थालेको छ । यसैबीचमा, चीनबाट आयात गरेको जुत्ता र भारतीय नाकाबाट चोरीपैठारी गरी ल्याएको कमशल जुत्तामा नेपाली उत्पादनको लोगो टाँसी उपभोक्तालाई भ्रममा पारेर जुत्ता बेच्दै आएको कम्पनी हो ‘स्टाइल सुज इण्डष्ट्रिज नामक कम्पनी’ ।

सो कम्पनीले विभिन्न समयमा चोरीपैठारी गरी नेपाल भित्राएको जुत्तालाई नेपाली उत्पादन भन्दै ‘स्टाइल सुज’ को लोगो टाँसी व्यापारिक मेलादेखि पसलपसलबाट मंहगोमा बेच्दै आएको खुलेको छ । सो कम्पनीले चीन र भारतबाट चोरीपैठारी गरि ल्याएको अधिकाशं जुत्ताचप्पलहरु अन्तराष्ट्रिय ब्राण्डको लोगो समेत राखेर बेच्दै आएको छ । चीनबाट गुणस्तरहीन जुत्ताको आयात गरेर नेपाली जुत्ताचप्पल हो भन्दै स्वदेशी उत्पादनको भ्रम सृजना गरेर उपभोक्ता ठगी गर्नेमा स्टाइल सुज इण्डष्ट्रिजका अध्यक्ष तेज पराजुली आफैमा अबैधधन्दा गर्ने व्यक्तीका रुपमा सोही क्षेत्रका व्यवसायीहरुले चिन्ने गरेका छन् ।

स्टाइल सुज उपभोक्ताहरुले लगाएको तीन दिनमै फाँट्ने गरेको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वमा सरकार सञ्चालन भएको समयमा भारतीय सिमाक्षेत्रबाट नेकपा एमालेका नेताहरुको नाम भजाउदै चोरीपैठारी गरि ल्याएको जुत्ताहरु अहिले भृकुटीमण्डपमा जारी जुत्ता मेलामा समेत राखेर बिक्री गर्दै आएको भेटिएको छ ।

‘स्टाइल जुत्ता उद्योग नेपालमा अवस्थित नेपाली कम्पनी भएको र यसको ठेगाना मध्यपुर ठिमी नगरपालिका ६ भक्तपुरमा रहेको दाबी पराजुलीले गर्दै आएका छन् । तर सो ठेगानामा भने उनको कुनै पनि कम्पनी भेटिदैन । यसको कम्पनीको स्थिति अज्ञात रहेको खुल्न आएको छ । स्टाईल सुज नेपाली उत्पादनको नाममा उपभोक्ता ठग्ने कम्पनीको अग्रणी सूचीमा रहेको व्यवसायीहरुले बताएका छन ।

भूकम्पपछि बन्द हुनुभन्दा अघि सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अत्याधिक रुपमा जुत्ताचप्पल आयात हुने गरेको थियो । अहिले सो नाका बन्द भएपछि चिनको रसुवागढी नाका र भारतीय नाकाबाट गुणस्तरहीन जुत्ताचप्पल आयातमा वृद्धि भएको छ  । लामो समयदेखि स्टोरमा जम्मा गरेका जुत्ताहरु बिक्री नभएपछि मेला लगाएर उपभोक्तालाई ठगीमात्र हैन सरकारलाई बुझाउनुपर्ने कर र मूल्य अभिवृद्धि कर (भ्याट) समेत छली गर्दै आएका छ ।

सो जुत्ताचप्पलहरुले प्रयोग गरेका कुनै पनि ब्राण्ड दर्ता गरिएका छैनन् । चिनियाँ न्यून गुणस्तरीय जुत्ता, चप्पलको आयात गरी उच्च नेपाली ब्रान्डको भन्दै विना स्वीकृति बजारमा बिक्रीवितरण हुँदै आएको छ । सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्रीवितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा करोडौं रुपैयाँ राजस्व गुम्न पुगेको छ भने अर्कोतर्फ उपभोक्ताहरु ठगीनु परेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!