चौतर्फी विवादपछि वडाध्यक्ष खड्काले गरे सार्वजनिक सुनुवाईको नौटंकी

- November 13, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चन्द्रगीरि नगरपालिका वडा नम्बर ८ मातातिर्थका वडाध्यक्ष सन्तोष खड्काले गरेको अनियमितता र अबैध असुलीधन्दाको समाचार तीव्रखबरले सर्वाजनिक गरेपछि अनियमिततालाई ढाकछोप गर्न उनले सार्वजनिक सुनुवाईको नौटंकी समेत गर्न भ्याएका छन् । शनिबार अध्यक्ष खड्काले सोही वडामा रहेको मातातिर्थ सामुदायिक अस्पतालको आयव्याय सुनुवाई कार्यक्रम राखेका थिए । सो कार्यक्रममा अध्यक्ष खड्काले आफ्नो भनाई एकोहोरो राख्दै सञ्चारमाध्यायममा प्रकाशन प्रशारण भएको समाचारको खण्डनमा समय विताएका थिए ।

सो सुनुवाई कार्यक्रममा अरु सहभागीलाई कुनै पनि प्रश्न सोध्ने र सुझाब समेत दिन नपाउने गरि एकतर्फी रुपमा सञ्चालन गरेका थिए । सो वडामा अध्यक्ष खड्काबाटै अनियमितता भएको समाचार तीव्रखबरले प्रकाशन प्रशारण गरेपछि सत्यतथ्य, आयव्यय र खर्चको विवरण सार्वजनिक गर्न भन्दै नेपाली काँग्रेसको चन्द्रागीरी नगरपालिका वडा नम्बर ८ को कार्य समितिका सभापति आत्माराम केसीको हस्ताक्षरमा रहेको पत्र सरोज थापाले सो सुनुवाई कार्यक्रममा पेश गरेर जवाफ माग गरिएतापनि अध्यक्ष खड्काले जवाफ नदिई आफ्नो एकलौटी कुरा राखी सुनुवाई कार्यक्रम सम्पन्नताको नौटंकी गरेका थिए ।

सवै खर्चको विवरण माग राख्दै काँग्रेस वडा समितिले गरेको मागमा प्रतिपक्षलाई भने कार्यक्रम आयोजकले प्रश्नको स्पष्ट जवाफ दिन नसकेको सो दलबाट कार्यक्रममा सहभागी एक स्थानीय बासिन्दाले बताएका छन् । सो कार्यक्रममा अध्यक्ष खड्काले सार्वजनिक गरेको खर्च विवरण समेत भरपर्दो नभएको प्रतिपक्ष दल नेपाली काँग्रेसले जनाएको छ । सो खर्च विवरणमा लेखा परिक्षण गर्ने ‘दुर्गाराज एण्ड एशोसिएटको संकेत नम्बर ५८६० ले गरेको लेखा परिक्षण रिपोर्टमा समेत लेखापरिक्षकको मिलिमतो रहेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।

विभिन्न शिर्षकमा वडाध्यक्षले रकम संकलन भएको रकमको कुनै हिसावकिताव पारदर्शी नगरि खाली खर्चमात्र भएको विवरण सार्वजनिक गरेपछि सो विवरण समेत विश्वासिलो नभएको सहभागीहरुको भनाई रहेको छ । खड्काले अस्पतालको पुरानो नक्सा वागमती प्रदेश सरकारलाई मंहगोमा पेश गरेका मात्र छैनन्, सो नक्सालाई परिवर्तन गरि नक्सा परिवर्तनमा कमिशन लिनेदेखि खर्च कम लाग्ने नयाँ नक्सा बनाई भबन निर्माणमा समेत ठूलो मात्राको कमिशन असुली गरेको आरोप स्थानीयहरुको रहेको छ ।

स्मरण रहोस्, वडा कार्यालयले अस्पताल निर्माण गर्ने भन्दै वडाका सेवाग्राहीसंग पैसा असुली गर्न नपाइने कानुनी प्रावधानलाई वडाध्यक्षले धोती लगाईदिएका छन् । साथै अवैध जग्गा प्लटिङलाई बढावा दिँदै कित्ताकाट समेत गरिदिएर नेपाल सरकारको नियमलाई लत्याएका छन् । माथि उल्लेखित समाचारको प्रतिकृयामा वडाध्यक्ष खड्काले उल्टै प्रतिपश्न गर्दै भने– ‘यो समाचारमा कुनै सत्यता छैन्, सावजनिक सुनुवाइ कुनै नाटक होइन, र समितिले गरेको सुनुवाइमा कसरी वडाध्यक्षको सरोकार हुन्छ र ?’

र यो पनि अध्ययन गर्नुभयो ?

वडाध्यक्ष खड्काको ‘भर्जिन’ कमाईः समाचार नलेख्न मिडियालाई धम्की

चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स

नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!