चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स

- June 28, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भू–माफियाले देशभरको जग्गालाई विभिन्न तबरबाट कव्जामा लिई आफुखुशी भोगचलन गर्दै आएको अबस्थामा सो नियन्त्रण गर्नुपर्ने निकायकै जनप्रतिनिधिबाटै सरकारी जग्गा कव्जा गरि घर बनाएको भेटिएको छ । जग्गा प्लटिङ्गदेखि न्युनतम मापदण्ड र आचारसंहिता समेत पालना नगरी स्थानीय खोला अतिक्रमण तथा पुरपार गरेर जग्गा निकाली चन्द्रागिरी नगरपालिकामा विजनेश कम्प्लेक्स नै बनाएको प्रमाण तीव्रखबर मिडिया ग्रुपले प्राप्त गरेको छ ।

प्राप्त कागजात अनुसार चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष सन्तोष खड्कालेनै सरकारी जग्गा हड्पेर विजनेश कम्प्लेक्स बनाएको पुष्टी भएको छ । वडा अध्यक्ष खड्काले कन्चनवस्तीमा रहेको घट्टेखोलालाई अतिक्रमण गरेर विजनेश कम्प्लेक्स बनाएका छन् । सो सम्बन्धमा वडा अध्यक्ष खड्काले भने,‘मैले मेरै जग्गामा कम्प्लेक्स बनाएको हो, सत्यतथ्य बुझेर समाचार लेख्नु सो बारे मलाई केही पनि सोध्नु पर्दैन ।’ भन्दै फोन काटिदिए ।

यसैसम्बन्धमा पटकपटक सो नगरपालिकाका मेयर घनश्याम गिरीलाई फोन गर्दा उनले फोन उठाएर काटिदिए । सोही नगरपालिकाका इन्जिनियर रबीन्द्र रिजालसंग सम्र्पक गर्दा उनले भने,‘विद्यमान ऐन अनुसार उहाँले १३ फिट छोड्नु भएको छ, तर पछि बडा अध्यक्ष जीले खोलामाथीबाट भौतिक संरचना उठाएको देखिएको छ त्यो कतैबाट स्वीकृत दिइएको छैन ।’  यस सम्बन्धमा वडा अध्यक्ष खड्काको थप अबैधधन्दा र अनियमितताको विवरणका साथै तस्बीर र भिडियो सहितको थप समाचारकालागि प्रतिक्षा गर्नुहोला ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!