वडाध्यक्ष खड्काको ‘भर्जिन’ कमाईः समाचार नलेख्न मिडियालाई धम्की

- November 8, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राइम व्यूरो
काठमाडौं । स्थानीय निकायको विकास गर्ने र अबैध कृयाकलापलाई नियन्त्रण गरि शान्ति कायम गराउने मुख्य जिम्मेवारी स्थानीय जनप्रतिनिधिको हो । तर यहाँ जनप्रतिनिधिले स्थानीय बासिन्दाको हितमा भन्दापनि आफ्नो इच्छा अनुसार व्यक्तीगत फाईदा पुग्ने मात्र काम गर्दै विद्यमान ऐन नियमलाई समेत लत्याउदै आएका छन् स्थानीय जनप्रतिनिधिहरुले ।

यसैक्रममा स्थानीय निकाय सञ्चालनको कार्यविधिलाई लत्याउदै आफुखुशी व्यक्ति र आफ्ना कार्यकर्तालाईमात्र फाईदा पु¥याउदै चन्द्रगिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले अबैध काम गरेको समेत खुलेको छ । यसरी स्थानीय बासिन्दाको हितमा भन्दा पनि आफु अनुकुल निर्णय गर्दै अबैध रकम संकलन कार्यलाई जारी राखेपछि उनी विवादमा मुछिन पुगेका छन् ।

वडाध्यक्ष खड्काले विद्यमान स्थानीय निकाय सञ्चालन कार्यविधि विपरित सो वडाभित्रका प्लटिङ, उद्योग, कलकारखानालाई विना गाँउसभामा कुनै प्रस्तावनै नराखी सिधै अनुमति दिएसंगै उनी विवादमा मुछिन पुगेका हुन । उनले पछिल्लो समयमा सोही वडामा वातावरण विपरित सञ्चालन ल्याएको ‘हाईल्याण्ड डिष्ट्रीलरी प्रालि नामको कम्पनीबाट खड्काले गोप्यरुपमा मोटो रकम असुली गर्र्दै आएको प्राप्त पत्रबाट खुलेको छ ।

बडा अध्यक्ष सन्तोष खड्का

सो कम्पनीको तर्फबाट सुनील शाक्य नाम गरेको व्यक्तीको नाममा २०७४ फागुन २३ गते वडाको तर्फबाट उनै अध्यक्ष सन्तोष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो कम्पनीले भर्जिन नामक रक्सी उत्पादन गर्दै आएको छ । सो सम्झौता पत्रको १ नम्बर बुँदामै एकिकृत खानेपानी समितिको नाममा मासिक २० हजार र मातातिर्थ गाँउविकास निर्माण तथा समाज सुधार समितिको नामको संस्थालार्ई मासिक ३० हजार रुपैयाँ सो कम्पनीले बुझाउनु पर्ने उल्लेख छ । साथै ४ नम्बर बुँदामा विकास निर्माणको कार्यमा प्रथम पक्षले दोस्रो पक्षलाई आफ्नो क्षमताले भ्याएसम्म र सकेसम्म सहयोग गर्नु पर्ने उल्लेख छ, यही बुँदालाई टेकेर खड्काले सो कम्पनीसंग बेलाबखत विभिन्न बहानामा रकम अशुली गर्दै आएको कम्पनीका एक कर्मचारीले खुलासा गरेका छन् ।

साथै सो कम्पनीसंग वडा अध्यक्ष खड्काले अन्य शिर्षकमा समेत माग भएको रकम बुझाउने सहमति भएको पाईएको छ । यसरी २०७४ फागुनबाटै सो रकम असुली गरेपनि अहिलेसम्म संकलन गरेको रकम भने सार्वजनिक गर्न खड्काले मानेका छैनन् । यसै विषयमा अध्यक्ष खड्कासंग प्रतिकृयाकालागि सम्र्पक गर्दा उनले फोन रिसिभ गरेनन् भने तीव्रखबरको म्यासेन्ज बक्समा धम्कीपूर्ण म्यासेन्ज गर्दै उनले अगाडि भने,- ‘हावाको पछाडी नलाग्नु है प्लिज ।’

यसरी पदको आँडमा खड्काले अबैधरुपमा जग्गाको नक्सा पास/किट्टाकाट, घरको नक्सा पास, घरबाटो सिफारिस लगायतमा साधारण रसिद काँटेर स्वास्थ्य कोष, शिक्षा कोष, सामाजिक विकास समिति नामक संस्थाको अध्यक्ष नै बसेर विभिन्न शिर्षकमा मासिक लाखौं रुपैयाँ असुली गर्दै आएको पाइएको छ ।

र यो पनि 

चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स

नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!