नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)

- November 2, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राइम व्यूरो
काठमाडौं । स्थानीय निकाय सञ्चालनको कार्यविधि विपरित चन्द्रगिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले आफु अनुकुल निर्णय गर्दै अबैध रकम संकलन गर्दै आएसंगै उनी विवादमा मुछिन पुगेका छन् । वडाध्यक्ष खड्काले विद्यमान स्थानीय निकाय सञ्चालन कार्यविधि विपरित सो वडाभित्रका प्लटिङ, उद्योग, कलकारखानालाई उनले निर्धारण गरेको रकम मासिक रुपमा बुझाउने गरि जवरजस्ती सम्झौता गराई असुलीधन्दा चलाउदै आएको प्राप्त कागजातबाट खुलेको छ ।

कोषको नाममा रकम संकलन गरेको रसिद

सोही वडामा वातावरण विपरित सञ्चालनमा आएको भर्जिन नामक रक्सी उद्योग स्थानीय बासिन्दाले बन्द गराएको भएतापनि खड्काले गोप्यरुपमा सो कम्पनीसंग मिलिमतो गरी मोटो रकम असुलीसंगै नियम विपरित मासिक ८० हजार रुपैयाँ असुल्ने गरी पुनः सञ्चालन गर्न अनुमति दिएका छन् । विद्यमान ऐन अनुसार ठूला उद्योग सञ्चालनकालागि वडा कार्यालयबाट कुनै पनि अनुमति दिन पाउने अधिकार छैन । त्यस्ता उद्योग सञ्चालन गर्न नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार नगरपालिकाबाटै स्वीकृति लिने प्राबाधान रहेको छ । तर सो प्राबधानलाई बडाध्यक्ष खड्काले सिधै लत्याउदै सोही वडा सदस्यकै श्रीमतीलाई ठेक्का दिलाईएको प्राप्त कागजातमा उल्लेख छ ।

भर्जिन नामक रक्सी उद्योगसंग गरेको अबैध सम्झौता पत्र

त्यसैगरी, अध्यक्ष खड्काले अबैध जग्गा प्लटिङ्गलाई मोटो रकम लिएर घरबाटो सिफारीस दिनेदेखि सो सिफारीस दिदा स्वास्थ्य कोषको लागिभन्दै एक रसिद बराबर लाखौ रुपैयाँ असुली गरेको भेटिएको छ । उनले न्युनतम मापदण्ड र आचारसंहिता समेत पालना नगरी स्थानीय खोला अतिक्रमण तथा पुरपार गरेर जग्गा निकाली चन्द्रागिरी नगरपालिकामा विजनेश कम्प्लेक्स नै बनाएको प्रमाण तीव्रखबरले प्राप्त गरेको छ ।
प्राप्त कागजात अनुसार चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष खड्कालेनै सरकारी जग्गा हड्पेर विजनेश कम्प्लेक्स बनाएको पुष्टी भएको छ । वडा अध्यक्ष खड्काले कन्चनवस्तीमा रहेको घट्टेखोलालाई अतिक्रमण गरेर विजनेश कम्प्लेक्स बनाएर सञ्चालनमा ल्याएका छन् । सो सम्बन्धमा वडा अध्यक्ष खड्काले भने,‘मैले मेरै जग्गामा कम्प्लेक्स बनाएको हो, सत्यतथ्य बुझेर समाचार लेख्नु सो बारे मलाई केही पनि सोध्नु पर्दैन ।’ भन्दै फोन काटिदिए । सोही नगरपालिकाका इन्जिनियर रबीन्द्र रिजालसंग सम्र्पक गर्दा उनले भने,‘विद्यमान ऐन अनुसार उहाँले १३ फिट छोड्नु भएको छ, तर पछि बडा अध्यक्ष जीले खोलामाथीबाट भौतिक संरचना उठाएको देखिएको छ त्यो कतैबाट स्वीकृत दिइएको छैन ।’

बडाध्यक्ष हुनभन्दा अघि लखपति खड्का अहिले २५ औं करोड कमाएर करोडपति बनेका छन् । उनको सो सम्पत्तिको स्रोत समेत नखुलेको भेटिएको छ । साथै विभिन्न व्यक्तिलाई विभिन्न शिर्षकउपशिर्षकबाट रकम असुली गरेपछि आफुलाई अपमान गर्लान भन्ने डरले अबैध रुपमा अंगरक्षक समेत नियुक्त गरेर अघिपछि हिडाउने गरेका छन् । कामकै शिलशिलामा वडा कार्यालय गएका सर्वसाधारणलाई ति अंगरक्षकका नाममा खडा गरिएका व्यक्तिबाट सुरक्षा चेकजाँचका नाममा अमानविय व्यवहार गरीदै आएको पीडितहरुले बताएका छन् ।

र यो पनि 

चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!