स्वास्थ सामग्री खरिदमा घाेटला : एकै दिन एकै देशबाट आएकाे सामानमा फरकफरक मुल्य

- March 29, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राेशन कार्की

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै याेजनामा काेराेना भाइरसकाे कारण देखाउदै खरिद गरेकाे स्वास्थ सामाग्रीमा घाेटला भएकाे पछिल्लो पटक प्राप्त विवरणबाट पुष्टि भएकाे छ । उद्योग, आपूर्ति तथा वाणिज्य राज्यमन्त्री माेती दुगडसंग साे आबश्यक सामाग्री खरिद गर्ने जिम्मा दिने भन्दै राज्यमन्त्री दुगडले सिफारिस गरेकाे कम्पनीसंग स्वास्थमन्त्री ढकालले बाेलपत्रमा प्रतिस्पर्धा गराएकाे देखाउदै स्वास्थमन्त्री ढकालले काेटेेेेशन मागेका व्यापारीलाई अत्याधिक मंहगाेमा खरिद गर्न जिम्मेवारी दिएकाे उद्योगमन्त्रालयका एक कर्मचारीले बताएका छन् । एकतर्फ उद्योग राज्यमन्त्री दुगड र स्वास्थमन्त्री ढकालबिच साेही विषयमा विवाद समेत परेकाे बताईएकाे छ । अर्काेतर्फ एकैदिन नेपाल भित्र्याएको स्वास्थ सामाग्रीकाे फरकफरक मूल्य रहेकाे पाईएकाे छ । नेपालकालागी चिनियाँ राजदुतावासबाट आइतबार सार्वजनिक गरेकाे साेही सामानकाे मुल्यमा धेरै फरक भएकाे पाईएकाे छ ।

चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराएकाे स्वास्थ सामाग्री एन ९५ नामकाे मास्क चीन सरकारले प्रतिगाेटा २५६ रूपैयाँमा उपलब्ध गराएकाे छ भने नीजि कम्पनीले प्रतिगोटा साेेही मास्क ८४० मा किनेको छ ।  एन९५ मास्क चीनले रु. २५६ मै पठाएछ । यसरी एकै दिन एकैपटक आएको उहीँ सामानको मूल्य २ थरी रहेकाे छ ।

र याे पनि...

स्वास्थ सामग्री खरिदमा घाेटला : एकै दिन एकै देशबाट आएकाे सामानमा फरकफरक मुल्य


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!