September 16, 2024, 7:46 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

साउन ९, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं : जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको छ।

बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो।

विमानमा १७ जना इन्जिनियर र दुईजना क्रू मेम्बर सवार रहेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन्। पाइलट मनिष शाक्यको भने घाइते अवस्थामा उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ।

जहाज धावन मार्गबाट 0-2 बाट उडेको थियो। पाँच सयको फिटको उचाइमा पुगेको जहाजलाई देव्रेतिर मोड्ने क्रममा दुर्घटना भएको हो।

प्रतिक्रिया